दाङ बिपी रावत, सानीभेरी गाँउपालिका वडा नम्बर ३ मा प्रम्परागत रुपमा लाग्दै आएको बेल्टापु मेलाको अबसरमा बेल्टापु मेला ब्यबस्थापन समितिको बिषेश आयोजनामा यहि मिति २०८१ ०८ ०१ गते देखि ४ गते सम्म विविध खेलकुद तथा सास्कृतिक कार्यक्रम हुने भएको छ जसका लागि पुरुष भलिबल तर्फ प्रथम पुरस्कार २ लाख द्रितिय पुरस्कार १ लाख ३० हजार तृतिय पुरस्कार ७५ हजार र साथमा मेडल प्रमाण पत्र दिइने भएको छ र दर्ता शुल्क १० हजार राखिएको छ भने महिला भलिबल तर्फ प्रथम पुरस्कार १ लाख द्रितिय पुरस्कार ७५ हजार तृतिय पुरस्कार ५० हजार र साथमा मेडल प्रमाण पत्र दिइने भएको छ साथै दर्ता शुल्क ५ हजार राखिएको छ
यस बेल्टापु मेलामा स्थानिय झाकी नांचहरुको पनि प्रस्तुति रहने भएकाले सम्पूर्ण आम नागरिकलाई मेलामा रमाउन र इतिहासलाई संरक्षन संबर्दन र जगेर्ना गर्न सबै एकजुट भएर लागि पर्नु हुन्छ भनेर आशा गरेको र त्यहि अनुसार मेलाको पूर्व तयारि गर्दै गरेको बेल्टापु मेला ब्यबस्थापन समितिका अध्यक्ष बिष्णु कुमार पुनले बताउनु भयो
सहभागी सम्पुर्ण झाकिहरुलाई सम्मान गरिने छ परम्परागत तरिकाले छेलो हान्ने प्रतियोगिता पनि रहनेछ जस्को प्रथम पुरस्कार ३००० दोस्रो २००० र तेस्रोलाई एक हजार रहेको छ भने दर्ता शुल्क २०० रहेको छ यो भन्दा पहिला स्थानीय सरकारले बित्तिय रुपमा सहयोग गर्दै आय पनि यस्पाली सुन्य सहयोगमा अहिले सम्मकै सर्बाधिक पुरस्कार राशी राखिएकोले इच्छुक सहयोगी दाता हरुले सहायोग गर्न अनुरोध गरिएको छ मेला पाटिपौवा इतिहासिक सम्पदाको संरक्षन गर्ने आम नागरिकको दायित्व भएकाले सबैलाई एकताबद्द हुन् ब्यबस्थापन समितिले बिशेष आग्रह समेत गरेको अध्यक्ष पुनले बताउनु भयो
साथै बाहिर बाट आउने खेलाडीहरुको हकमा भने खेल खुल्ला वडा स्थरिय खेलाइने भएकाले आफ्नो परिचय खुल्ने परिचय पत्र अनिबार्य रुपमा पेश गर्नु पर्ने छ र खाना र बस्नको लागि आफै ब्यबस्थापन गर्नु पर्ने छ भने जुन सुकै टिमले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडि ३ जना समाबेश गरेर खेल्न पाइने कुरा पनि यस समितिका अध्यक्ष बिष्णु कुमार पुनले बताउनु भयो साथै भलिबल खेल्नका लागि यहि कात्तिक ३० गते सम्म टिम दर्ता गर्न सकिने कुरा पनि जनाउनु भएको छ।
अध्यक्ष बिष्णु कुमार पुन ९८४४८०२६९१
खेल संयोजक भिम प्रकाश बिक ९८४३३३३३९६
आयोजक
बेल्टापु मेला ब्यबस्थापन समिति
सानीभेरी ३ रुकुम पश्चिम




