•  २८ फाल्गुन २०८२, बिहीबार
  • इजरायली हवाई आक्रमणमा शुक्रबार राति दक्षिणपश्चिमी लेबनानी सहर टायरमा तीनजनाको मृत्यु भएको छ । ३० जना घाइते भएका लेबनानी सेना स्रोत र स्वास्थ्य मन्त्रालयले जनाएको छ । दुई इजरायली लडाकु विमानले मध्य टायरका दुई भवनमा आक्रमण गरेका थिए । त्यसबाट आगलागी भएको र नजिकैको अपार्टमेन्टहरूमा ठूलो क्षति पुगेको छ ।

    राष्ट्रिय समाचार एजेन्सी (एनएनए)ले एम्बुलेन्समार्फत घाइतेहरूलाई स्थानीय अस्पतालहरूमा पुर्‍याइएको जनाएको छ । मृत्यु हुनेको संख्या बढ्ने अनुमान गर्दै अस्पतालहरूले रक्तदानका निम्ति तत्काल आह्वान गरेका थिए सिभिल डिफेन्स अफ द इस्लामिक मेसेज स्काउट्सले भग्नावशेषबाट तीनजनाको जीवितै उद्धार गरिएको र अरूलाई खोज्ने प्रयास जारी रहेको जनाएको छ ।

    लेबनानमा इजरायली हवाई आक्रमणमा परी सन् २०२३ अक्टोबर ८ देखि तीन हजार ११७ व्यक्तिको मृत्यु र १३ हजार ११८ जना घाइते भएका छन् ।