•  २ बैशाख २०८३, बुधबार
  • दार्चुलामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मालिकार्जुन गाउँपालिका–४, ऐरीछानाका किसनसिंह धामीसहितका व्यक्तिहरू छन् ।

    धामीको घरमा जुवातास खेलिरहेको अवस्थामा आइतबार (हिजो) दिउँसो उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय दार्चुलाले जानकारी गराएको छ ।

    नगद दुई लाख ३२ हजार ३७० रुपैयाँ र तीन बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।