•  २ बैशाख २०८३, बुधबार
  • नेपाल आदिवासी जनजाति महासंघ सानीभेरी गाउँपालिका गाउँ समन्वय परिषद रुकुम पश्चिमको दोस्रो अधिवेशन सम्पन्न भएको छ । सोमवार सानीभेरी ९ सिम्ली सहिद स्मृतिको हलमा एक कार्यक्रमको आयोजना गरि अधिवेशन सम्पन्न गरिएको हो ।उक्त अधिवेशनले सर्वजित घर्तिमगरको अध्यक्षतामा चार जना पछि थप गरिने गरि १३ सदस्य नयाँ कार्यसमिति निर्माण गरेको छ । जसको उपाध्यक्षमा पछि गुरुङ जातिबाट थप गरिने जनाईएको छ । सचिवमा अमरसिं पुन, सह-सचिवमा लोक बहादुर बुढा, कोषाध्यक्षमा लिला खड्का मगर, सदस्यमा दर्तकला पुन, बल बहादुर पुन, खगेन्द्र पुन, शन्जित पुन र मन्जित घर्ति चयन हुनुभएको छ ।

    गोबिन्द बुढाको अध्यक्षता रहेको अधिवेशनको उद्घाटन सत्रमा नेपाल आदिवासी जनजाति महासंघ रुकुम पश्चिमका जिल्ला अध्यक्ष मनविर घर्तिमगरको प्रमुख आतिथ्ता रहेको थियो । कार्यक्रममा नन्दराम बाठामगर, २ नम्बर वडा अध्यक्ष मान बहादुर पुन, ६ नम्बर वडा अध्यक्ष पहलसिं घर्तिमगर, सानीभेरी गाउँपालिका पुर्व अध्यक्ष नरबहादुर पुन लगाएतले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रको सञ्चालन नेपाल आदिवासी जनजाति महासंघ सानीभेरी गाउँपालिका गाउँ समन्वय परिषदका पुर्व सचिव राम बहादुर कवरले गर्नुभएको थियो ।

    २७ कार्तिक  २०८१