•  २८ फाल्गुन २०८२, बिहीबार
  • बिपी रावत दाङ, बद्लिदिए मलाई, लेख्ने मान्छेहरू पागल हुन्छन् रे म त झन जन्मदै पागल थिए  । मलाई कसैको डर आश भर अह लाग्दैन्थ्यो मेरो घमण्डले मलाई नै उठाउदै पछार्दै गरिरहन्थ्यो मान्छेहरुले के के सोच्छन के के गर्छन कस्ले के भन्यो भनेर मैले कहिले मत्लब राखिन र राख्ने पनि छैन अहिले मैले त्यत्ती मात्रै हो कि पहिलेको जस्तो लवाइ खवाइ बोली चाली र म हिड्ने बाटो फेरेको हुँ बानी भने अझै उस्तै छ मान्छेहरु मलाई बद्लियो भनेर खुब ओकालत गर्छन। गर्न त मैले एस एल सि दिएको २०७२ साल तिर हो म त्यती बेला १५ बर्षको थिए घर नजिकै सानो स्कुल भएको कारण म सानै हुँदा देखि नै पढ्न थालेको हुँ मलाई गजल मुक्तक कबिता कथा असाध्यै मन पर्छ अरु किताब पढ्न स्कुल जान्थे मलाई कथा कबिता पढ्न सुन्न मन पर्ने भएर प्राय स्कुल जान्थे मैले साहित्यको भाव खासै नबुझे पनि गजल भनेर ८ मा पढ्दा लेखेको थिए । त्यो डायरी अझै पनि म संग छ त्यसको एक हरफ
    स्कुल पढ्दा भेटियौ स्कुल पढ्दा छुट्यौ
    कहिले निर्माण नहुने गरि सिसा सरि फुट्यौ
    यसको चार लाइन लेखेको अझै याद छ पछि बिचमा के के गरियो केके लेखियो थुप्रै कुराहरु यादगार नै छन ७२ सालम एस एल सि दिए पछि म संग का साथिहरु पढ्न दाङ बुटवल काठ्मान्डौ सम्म पुगे डाक्टर पढ्ने सोच मैले नि बनाएको हो अझै इच्छा मरेको चाहिँ छैन तर पढ्न भने त्यो बेला पाइन् बा ले भारि बोकेर सबैलाई पढाउन सक्ने अबस्था थिएन दाइले काठ्मान्डौ पढ्दै हुनुहुन्थ्यो आमा प्राय बिरामी हुनुहुन्थ्यो बहिनिले ९ मा पढ्दै थिए दाइको पढाई सकेर मैले पढ्ने कुरा भयो घरमा त्यस पछि म कालापहाड भारत काम गर्न हिडे ७३ साल बैशाख ६ गते सोमबार घर बाट हिडे पछि जिबनमा पहिलो पटक बस चढ्ने अबसर पाएको थिए कालिपार पुगेको २ महिनामा एस एल सिको रिजल्ट आयो म पास भएछु घर फर्किए कम्प्युटर पढ्न सदरमुकाम पुगियो कोठा लिएर बसे आफन्तिको घरमा तर कता कता मन लागेन डाक्टर बाहेक दिमागमा केइ आउदैन्थ्यो २,३ महिना सदरमुकामको बसाई पछि घर फर्किए आर्मी कट कपाल काटेको गोजिमा रुमाल हालेको मक्कारिदै गाउँ फर्किए अरु साथीहरू पढ्न बाट गाउँ आए मन झन चिसो भयो दशै तिहार मनाएर सबै पढ्न गए म मात्रै गाउँमा अहो मन एक रत्ती बसेन फेरि काला पहाड हिडे मन बिग्रयो घर फर्किन मन नै नलाग्ने कहाँ कहाँ पुगे के के गरे के के कति मान्छे रिसाए कस्ले के भने के भने त्यस्को कुनै हिसाब नै छैन ७३ साल देखि रेगुलर घर छोडेको अहिले सम्म लामो समय घर बस्नै पाएको छैन बिचमा नेटवर्क मार्केटिङ देखि राजनीति, रेडियो पत्रकारिता,अमिन , जापानीज भाषा , कोरियन भाषा दुबइ र मलेसियाको भिषा अप्लाइ यी थुप्रै पढियो कोसिस गरियो ऋण मा यसरी डुबियो कि उमेर सानै उठ्नै सकिन्न क्यारे भन्ने भयो आफन्तहरु रिसाए लफङो भयो कमाइ धमाइ छैन भने कसैले नि मलाई राम्रो भनेनन् अह कोहि आफ्नो जस्तो लाग्थेन एउटा पाइन्ट किनेर २,३ बर्ष सम्म लगाएको याद ताजै छ अमिन पढ्दा जाडोमा जाकेट नभएर ५ ओटा सर्ट सङै लगाएर कलेज गइन्थ्यो सम्झिदा त मन अझै चिसो हुन्छ अहिले ठ्याक्कै एक बर्ष भयो मेरा आफ्ना भन्ने हरु साथिभाइ इस्टमित्र कति छन कति हिजो भोकै बस्दा च्यात्तिएको लुगा लगाउदा समेत नचिने झै गर्ने हरु अहिले गोरु बेचेको साइनो लगाएर आफ्ना कहलाउदै आउछन दुई बर्ष भयो ब्यबसाय गर्न थालेको मीठो मसिनो खान थालेको राम्रो लगाउन थालेको गत साल पहिलेको रिन तिरेर बुलेट किने त्यसपछी मलाई मान्छेहरुले पैतलाबाट उठाएर शिरमा राखे अचेल महसुस हुन्छ सबै चिज पैसा रहेछ मैले बुलेट किने देखि मेरा आफ्ना कति छन कति मान सम्मान देख भेट अहो बुलेटले सम्बन्ध यसरी सुधार्यो कि अच्चमै लाग्छ यी कुराहरुमा कोहि कसैलाई आपत्ती छ भने भैरहोस शुभकामना

    मङ्सिर ६ २०८१