•  २८ फाल्गुन २०८२, बिहीबार
  • भिल्नियस (लिथुआनिया) । जर्मनीबाट लिथुआनियातर्फ उडेको डीएचएल कार्गो विमान सोमबार राजधानी भिल्नियसको विमानस्थलनजिकै दुर्घटना हुँदा एकजनाको मृत्यु भएको अग्निनियन्त्रकहरूले बताएका छन् ।

    विमान भिल्नियस विमानस्थलमा अवतरण गर्ने क्रममा केही किलोमिटर टाढा दुर्घटनाग्रस्त भएको अग्निनियन्त्रक तथा आपत्कालीन सेवा इकाइका प्रमुख रेनाटास पोजेलाले बताए । दुर्घटनामा चालक दलका एकजनाको मृत्यु भएको उनले जानकारी दिए ।

    उनका अनुसार, दुर्घटनाका क्रममा एउटा घरमा आगलागी समेत भएको थियो ।

    राष्ट्रिय संकट व्यवस्थापन केन्द्रका प्रमुख विल्मान्टास भिटकाउस्कसले उक्त घरभित्र रहेका सबैलाई उद्धार गरी बाहिर निकालिएको बताए ।

    डीएचएलका अधिकारी आउसरा रुटकाउस्किनले दुर्घटनाग्रस्त विमान आफ्नै कम्पनीको रहेको पुष्टि गरेका छन् ।

     १० मंसिर, २०८१