•  २३ फाल्गुन २०८२, शनिबार
  • जि एम दिपु देपेन्द्रको तिम्लाई अझै धर्म लाग्छ नामक गीत बजारमा आएको छ। देपेन्द्रका शब्दमा चर्चित गायक शिब परियारले स्वर दिनुभएको छ । प्रेममा परेकाहरुको कथालाई गीतमा देखाइएको छ । बिचारमा स्पष्टता नहुदा, आँखाले देखे का सबै कुरा सत्य हुदैनन् मान्छेले आफ्नो खुसीको लागि भ्रमकै संसारमा रमाउन कति प्रयास गर्छ र मान्छेहरु सत्य बुझ्ने कोसिस सम्म गर्दैनन् भन्ने कुराको सचित्र वर्णन गरिएको छ ।

    यस गीतमा सङ्गीत राजकुमार बगरले भर्नुभएको छ । गीतको म्युजिक भिडिओमा अनुप जङ्ग थापा विचित्र, आश्मा गिरि जि एम दिपु देपेन्द्र छन् । इन्जिनियर दिपु साहित्यमा रुचि राख्नुहुन्छ । उहाँ हाल खानेपानी, सिचाई तथा ऊर्जा विकास कार्यालय जाजरकोटमा कार्यरत हुनुहुन्छ ।

    यसअघि उहाँको ‘खतरा धेरै भो’ नामको गीत बजारमा आएको थियो । ठानेश्वर गौतमको स्वर रहेको उक्त गजल गीतले धेरै चर्चा पाएको थियो । भने। महँगो भो तिम्रो माया नामको गित पनि बजारमा आएको छ यो गित भने गायक प्रमोद खरेलले स्वर दिनुभएको छ

    १५ मंसिर २०८१