यसो फुर्सदको बेला शब्दहरुको माला उन्छु कहिले काहीँ तर मान्छेहरुले भन्दा रैछन लेख्नेहरु त पागल हुन्छन रे यो मान्छे यस्तै हो बोल्ने मात्रै कसैले सुन्दैनन बोलेको भन्नू हुन्छ रे मेयर साब पनि कि कस्तो मेयर ज्यु अचेल प्राय देख्छु बाल बच्चा बाटोमा माग्दै हिडेकाहरु कोहि देख्छु कार बाइकमा शानदार हुइकिनेहरु यस्तो देख्दा मन गाउँ तिरै फर्किन्छ मेरो उमेरले पनि साडे दुई दश काटिसक्यो क्यारे जिम्मेवारीले पनि बहुतै थिचोलेको छ हुन त हामी मध्ये वर्गीय बिचका परिवार न धनी न गरिब परिवारमा हुर्केकाहरुलाई लगभग यस्तै यस्तै चपेटाले पिरोल्छ बिगतका ती किस्साहरु भाग १ भाग २ भनेर सुनाउला कुनै दिन तर आज बजार घुम्दै गर्दा एउटा दृश्य देखे अनि सम्झाइदियो बालापन त्यसैले यी शब्दहरुको माला नबुनी मान्दै मानेन यो मनले आखिर मनै त हो कसरी पो मान्थ्यो र के पो पुग्थ्यो र भने जस्तो उम्म सानै थिए सायद पाँच कक्षामा पढ्थे गाउँकै स्कुलतिर एक दिन छिमेकी दाइ र उहाँको छोरा म र आमा बजार घिउ बेच्न पुगेको थिए त्यसै बखत हो मैले पहिलो पटक ट्याक्टर देखेको अनि बजार देखेको आमाले एक बाकस घिउ बोक्नु भयो मैले एक जर्किन पलास्टिक भाँडो बोके यस्तै कस्तै छिमेकी दाइहरुले पनि बोक्नु भयो उ बेला घरमा प्रशस्त घिउ पाइन्थ्यो थोरै थोरै त अहिले पनि आमाले जोडजाम गर्नु भएको हुन्छ तर पहिले जस्तो फालाफाल भने बर्षौ भयो पाउन छोडेको बा आमालाई पनि बुढेसकाल ले भेट्न लगभग लाग्न थाल्यो हामी पनि जवान भैसक्यौ गाउँ फर्किएर त्यति काम गर्नै पाइदैन आआफ्नै जिम्मेवारी छ घरबाट हिडेको ४ घन्टा पछि हामी बजार पुगेर घिउ बेचेर घरको लागि चामल ढिके नुन किनेको अझै याद छ आमाले जा कान्छा ट्याक्टर हेर भन्नू भयो म दोकानको अलि पर पुगेर खोलामा हिडिरहेको ट्याक्टर हेरेँ नयाँ कपडा किने चप्पल किने फर्किए त्यहाँबाट त्यो दिन घर फर्किदा बाटोमा खाजा खान एउटा सानो नास्ता पसलमा बसियौँ छिमेकी दाइले चाउमिन खाने हो चना चपाउन ढिला हुन्छ रात पर्छ भनेर खानै दिनु भएन अहिले फलाम चपाउन पर्ने अबस्था छ पछि १५ रुपैयाँको एक पिलेट चाउमिन पनि सायद पहिलो चोटि खाएको हुँ यस्तै घाँस दाउरा काल्ना कदरा गरेका थुप्रै यादगार दिनहरु त कति छन कती समयले मान्छेलाई कहाँ कसरी पुर्याउछ भन्ने पत्तो नहुने रैछ अझै सानै थिए माओवादी गाउँमा आए भनेर बा जङ्गल तिर दौडेको पल त झन बिर्सी नसक्नु छ भलै जनयुद्ध रोकि सकेको थियो तर पनि डर चाहिँ हराउने कुरै भएन उ बेला बच्पन देखि अहिले सम्म मेरा साथीहरू कति भए कति भए सङैका कति लङ्गोठिया यारहरु अनि साथी भने पछि हुरुक्कै हुने म पनि गाउँकै नजिकका साथी भनेका दिनेश दिपेश गोपाल सुरेश भरत बिबेक वसन्त अनि म हामी लगभग एकदमै नजिकका थियौं पछि कक्षा ९ १० पढ्दा भने अलि टाढा तिरका साथीहरू पनि मन मिल्ने भए मनराज रमेश प्रशुराम पुष्प राजकुमार पवन ॐप्रकाश यी साथीहरू सङ नजिकिए पछि त झन दिनहरु बितेको पत्तो नै हुदैन्थ्यो साथीहरू प्राय पढ्नमै कसिन्थे म भने लन्ठुक भएर यता उता चलेको चलेइ गर्थे कहिले राम्रोसँग किताब हेरिन सायद त्यसैको फल हुन सक्छ पछि सोचेको रोजेको पढ्न पाइएन अहिले भर्ना गरेको छु स्कुल जानै पाइन्न के पढाइ पूरा होला र खै तै पनि प्रयास त गर्नै पर्यो सङै फुटबल खेलेको माछा मार्न सराल जाल पासा थापेको जङ्गल तिर थुप्रै दाउरा ल्याउन टिम नै बनाएर गएका दिनहरु सम्झिन्छु कहिले कसो खै साथिहरुले सम्झन्छन सम्झदैनन त्यो त भन्न सकिन्न मैले भने हरेक पल गाउँ नै सम्झेको हुन्छु पहिलो कुरा त आमा गाउँमा हुनुहुन्छ आमालाई सम्झन बित्तिकै पाखा पखेरा सबै झल्किन्छ दिमाग भरी अहिले बजार तिरै छु एक्लै छु साथी कोहि छैन बिहानै उठ्छु मोबाइल हेर्छु बेलुका अबेर सम्म मोबाइल नै हेर्छु दिउँसो रोजि रोटिको जमर्को गर्न कता कता भौतारिनु पर्छ कर्म न हो कस्लाइ दोष दिनु संगैका ती साथीहरू कोहि अमेरिका पुगे आज पठाएको म्यासेज एक महिना पछि हेर्छन रिप्लाई दिदैनन जापान कोरिया पुगेकाहरु म्यासेज फ्याट्ट हेर्छन लाइक गर्छन र चुप्प बस्छन बोल्दैनन् नेपालमै जागिर गर्नेहरु झन पैसा ठूलो हैन सान हो भन्छन कहिले कसो बोल्छन के छ खबर बाहेक बढिको रिप्लाइ दिदैनन कोहि साथीहरू बिदेश जाने तयारीमा छन गाउँमा भेटिए भने घुम्न चिया पिउन र गफ गर्न आउँछन सायद बिदेश पुगे अरु जस्तै गर्लान एउटा म छु खाडिको पनि भिषा नलागेको ए अ भिषा भन्न बित्तिकै ठ्याक्कै सम्झिए मेरो पासपोर्ट दलालिले कता फाल्दिए छ फिर्ता नै दिएको छैन कर्मले मान्छेलाई कता कता पुर्यायो दिनहरु इतिहासिक बने मेरा लागि आज पनि सधैं जसो राजधानी तिर बस जान लागेको थियो मेरा जस्तै एक हुल साथीहरू अनि घर परिवार बस अडिएको ठाउँमा आए मैले बाइक चलाउन नै लागेको थिए मेरा नजर त्यतै तेर्सिए सायद आमा हुनु पर्छ डाको छाडेर रुने सुरुमै त्यस पछि साथीहरू पनि रोइ रहेका थिए बिदेश जाँदै थियो होला एउटा मेरा साथी जस्तै उनिहरुका साथी पनि त्यही दृश्यले मेरा बालापनका दिनहरु थुप्रै सम्झाइदियो
पौष ७ २०८१
नोट कुनै लेख रचना सुचना समाचारको लागि हामीलाई सम्झनु होस्




