दाङ, १२ पुस । दाङ तुलसीपुरका महिलाहरु हस्तकलाका सामग्री बनाउन सीप सिक्नका लागि उत्साहित छन् । स्थानियस्तरमा पाइने कच्चा पदार्थलाइ प्रयाेगमा ल्याउन उनीहरुले सीप सिके । कच्चा पदार्थबाट हस्तनिर्मित वस्तु झोला, कमलदानी, फूलदानी, पेनहाेल्डर लगायतका सामग्री बनाउन सिके ।
सावित्रा याेगीलाई थाकल के हाे देखेपनि वास्ता थिएन । तालिम लिएपछि यति राम्रो ब्याग, कप बन्ने रहेछ भन्ने थाहा पाएपछि अचम्म लाग्याे । जंगलमा पाइने याे वस्तु देखेपनि वास्ता थिएन । पराल कुहिएर जान्थ्याे । मकैकाे खाेस्टा सबै कुहिएर जान्थे । तालिम लिएपछि सबै चिज बाट राम्रो सामग्री बन्दाे रहेछ भन्ने कुराकाे ज्ञान भयाे ।” जति फाल्याे फाल्याे अहिले सम्म अवबा दिनमा सामान बनाउँछु । घरमा पनि चाहिने, बिक्री गर्न पनि मिल्ने । “- साबित्राले भन्नुभयाे ।
सपना परियारलाई फालिएका चिज खेर्दै सुन्दर सामग्री बनाउँदा अचम्म लाग्याे । “हिजाेसम्म कसेर भनेर फालिन्थ्याे अहिले आएर थाहा भयाे राम्रो सामग्री बन्दाे रहेछ भन्ने थाहा पाए । याे मेराे लागि नाैलाे तालिम हाे । घर वरिपरि फालिएका वस्तुहरुकाे सदुपयाेग गर्न सकिने रहेछ भन्ने कुरा बुझियाे । सीप सिक्याे खुसि लागेकाे छ । “- उहाँले अनुभव सुनाउनुभयो ।
विमला चाैधरीकाे लागि पनि याे तालिम नयाँ हाे । गाउँघरमा बुढी (बज्यै) हरुले ढकिया बुन्ने भएपनि वास्ता नगरेकाे बताउनुभयो ।” सीप सिकेपछि आफनाे त राम्रो भयाे नै अरुलाई पनि सिकााउन सकिने रहेछ भन्ने कुराकाे ज्ञान भयाे । विना लागतकाे सामग्रीबाट हात बाट यति धेरै सामान बनाएर बेच्न सकिने रहेछ त्याे पनि महंगाे मुल्यमा । अब तालिमबाट सिकेकाे सिपलाइ घरमा गएर पनि बनाउछु । तुलसीपुरमा काेशेली घर पनि रहेछ बिक्रीका लागि पनि समस्या नहुदाे रहेछ । “-बिमलाले अनुभव सुनाउनुभयाे ।प्रमिला चाैधरी हामी थारुहरुका लागि याे नाैलाे कुरा नभए पनि तालिमले धेरै कुरा सिकाएकाे बताउनुभयाे ।
“जंगल जादा थाकलकाे फल खान्थ्याे तर अरु वास्ता हुदैनथ्यो । लसुनकाे, मकैकाे पाेस्कल, सबै बाट रंगिचंगि सामग्री बन्दाे रहेछ । प्रयाेगमा नल्याएको बस्तु प्रयाेगमा आउने रहेछ । हामी महिलाहरु घरकाे काम बाहेक घरमा बसिबसि यी यस्ता सामान बनाइ बिक्री गर्दा आम्दानी हुने रहेछ भन्ने कुरा थाहा पाए । अब बनाउन तिर पनि लाग्नुपर्ला ।”-प्रमिलाले भन्नुभयाे । उहाँले अब हस्तकलाका सामग्री उत्पादन गरेर आयआर्जनमा जोडिने बताउनुभयो ।
तुलसीपुर २ वडा कार्यालयमा थाकल, मकैकाे पाेस्कल , काँस तथा पराल बाट हस्तकलाका सामग्री बनाउने तालिममा सहभागीले आफनाे अनुभव र याेजना सुनाए ।
परम्परागत ज्ञानलाई प्राेत्साहन गर्दै सिर्जनात्मक हस्तकलाका माध्यमबाट आर्थिक सशक्तिकरण गर्ने उदेश्यले ग्रिन फाउन्डेसन नेपाल दाङकाे आयाेजना तथा तुलसीपुर उपमहानगरपालिका वडा न २ काे सहकार्यमा २५ दिने तालिमकाे आयाेजना गरिएको थियाे ।
तालिम समापनका क्रममा सहभागी महिलाहरुले तालिम सिकेर केही गर्ने उत्साह पलाएको बताए । २५ दिन सम्म चलेकाे तालिममा १,२,३ र ८ न. वडाका २६ जना महिलाहरुकाे सहभागीता थियाे । तालिमकाे प्रशिक्षकमा सुशिला चाैधरी रहनु भएको थियाे ।
संस्थाले आर्थिक शसक्तिकरणका लागि स्थानीयस्तर तथा वनमा पाइने वस्तुबाट सामग्री निर्माण गरेर आत्मनिर्भर बनाउन कच्चा पदार्थ गुद, मुँज, बाँसबाट विभिन्न सामग्री बनाउने, पातबाट टपरी बनाउनेलगायतका तालिमहरु प्रदान गर्दै आएको छ ।




