रुकुम पश्चिम
उसो त सबै ठाउँमा गाई बाख्रा प्रसस्त भेटिन्छन सडकमा तर झन बढी मध्यपहाडी लोकमार्ग अन्तर्गत सिम्ली फुक्रु गिठाकोट को हाइवे रोडमा घरपालुवा जनावर मुख्यतय बाख्रा खसी कुखुरा लाई छरुवा छोडेको अबस्थाले सडकमा हिड्न अलि बढी जोखिम देखिन्छ उक्त कारण गाडी बाइक दुर्घटना हुने सम्भावना उच्च भएकाले यस बिषयमा विशेष ध्यान दिइयोस हालसालै फुक्रुमा ट्रकले बाख्रो मार्यो
उक्त ड्राइभरले पच्चीस हजार जरिवाना तिरेको हो आज म पनि झन्डै सडकबाट तल जाने थिए यो सडकमा दुई तीन पटक म आफै झुक्किएको छु यदि स्थानीय स्थरमा त्यसको कुनै नियम कानुन छ भने सम्बन्धित सरकारी निकायले हेरविचार गर्नु पर्यो
यदि कुनै कारण बस् म लगायत सम्पूर्ण राइडर, ड्राइभर लाई त्यस्ता घरपालुवा जनावरको कारण दुर्घटना भएको अवस्थामा गाडीवालाहरुलाई कस्ले ब्यहोर्ने ? सधै गाडी चलाउनेको मात्रै दोष हुदैन
अहिले सम्म यहि आसपास तीन चोटी धन्नले ठुलो दुर्घटना हुन बाट जोगिएको छु
यस बिषयमा स्थानीय स्तरका सरकारवालाहरु बुद्धिजिबि जनप्रतिनिधि र समाजिक मानिसहरुको रोहबरमा उचित किसिमको नियम कानुन निर्माण गरियोस
०७ माघ २०८१




