•  २८ फाल्गुन २०८२, बिहीबार
  • यसै त लगभग जिम्मेवारी बढ्दै आइसक्यो त्यसमा झन हामी मध्ये बर्गिय परिवारमा हुर्कनेहरुको अबस्था नै दयनीय छ एस एल सि पछि लामो समय म गाउँमा बसेको यसैपाली हो अझै गाउँमै छु शहर झर्ने पेसाको निहुँ यो पटक छैन कहिले सदरमुकाम कहिले रिम्ना दोभान कहिले लेक तिर त कहिले भेरीतिरको बसाई अनि गाउँमा तल माथी घुमघाम गरेर दिनहरु धकेली रहेको छु म जस्ता साथीहरू थिए दुई चार जना तिनिहरु पनि शहर पसे म एक्लै बजार झर्छु र खाजा खान होटेल छिर्छु भेटिन्छन मान्छेहरु अनि सोध्छन ए त यतै छस शहर कहिले फर्किने ? साच्चै फेरिएछन मान्छेहरु सधैं अर्काकै चासो राख्ने गर्छन दुई चार जना जम्मा भएको तिर जान्छु उनिहरुकै कुरा सुन्छु कोहि गर्छन पैसाको कुरा कोहि पावरको कुरा कसैले भन्छन फलानो पाटी राम्रो कसैले भन्छन फलानो कामबाट फाइदा छ घाटाको त कुरै नहुने अच्चम लाग्छ यो परिबेश यो गाउँ समाज देखेर पनि उ बेला पाखो बारिमा हरियाली देखिने यो समयमा प्राय बाझै छन कहि कतै गहुँ तोरि प्याज फाट्टफुट्ट लगाएको यो अबस्था मैले नजिकै बाट नियाल्ने अबसर करिब नौ बर्षपछि मिल्यो हुन त गाउँको वातावरण सस्तो सादगिपुर्ण र शान्त हुन्छ
    गाउँ पहिले गरीब भए पनि सबै एकआपसमा मिलेर, खुशीका साथ बाँचिरहेका हुन्थे गाउँका अधिकांश मानिसहरू किसान छन जो माटोमा काम गरेर आफ्नो दैनिक जीवन चलाउँछन नयाँ प्रविधिहरू र आधुनिक कृषि उपकरणहरूले उत्पादनको मात्रा र गुणस्तरमा वृद्धि ल्याउँछ भन्ने केहिलाइ हेक्का भैसकेछ गाउँमा पनि केवल त्यही कुरा होइन, धनको प्रभावले सामाजिक ढाँचामा पनि ठूलो परिवर्तन ल्याएछ पहिले, जो केही वर्गका मानिसहरूले सँगै बसेर समुदायलाई अघि बढाएका थिए, अब त्यही वर्गहरू एकअर्काबाट टाढा हुन थालिसकेका रैछन गरीब र धनी बीचको खाडल गहिरो हुँदै गएछ गाउँमा धन भएका व्यक्तिहरू आफ्नो सामाजिक प्रतिष्ठा बढाउन व्यस्त अनि गरीबहरूलाई केवल शोषणको रूपमा हेर्ने चलन उस्तै यो गाउँको ठूलो असमानता र अन्यायको माहोल नजिकबाट नियाल्दा नियाल्दै आँखा रातै भैसके धनका लागि मित्रता र माया सबै छुट्दै गइसकेछ सबैको जीवन केवल धन र लाभमा सिमित हुन थाल्यो भने गाउँ मरुभूमि जस्तो बन्न कति समय लाग्ला र मैले मेरो पुरानो गाउँको हर्ष र मेलमिलाप सम्झिरहेको छु धन शक्ति प्रतिष्ठा र पहुँच हृदयमा असन्तोष र खालीपनको भावना हो भन्ने कुरा कस्ले बुझाइदिने होला मान्छेहरुको जीवन साच्चै अजम्बरी होला र कि कसैलाई थाहा नभएर होला मेरो बुझाइमा धन केवल संसारको अस्थायी साधन हो, तर साँचो समृद्धि भनेको मानिसको आत्मा, हृदय र समाजका लागि काम गर्नु हो। गाउँको साँचो सम्पत्ति भनेको हामी सबैका बीचको मेलमिलाप र भाइचारा हो उमेरले थिचेको मलाई उठ्न नसक्ने गरि कुन दिन थला पार्छ थाहै छैन दु:ख लुकाउने उमेर भन्दा त रुमाल लुकाउने उमेर नै ठिक रहेछ क्या बिहे यसै उसै गर्ने बेला भैसक्यो आमाको गाला चाउरी पर्न थाल्यो बाबाको उमेर पनि लगभग ढल्की सक्यो साच्चै मैले मेरो गाउँ सोचेको भन्दा बढी बद्लिसके छ पारी घरका काका वरपरका छिमेकीले अनि बाटो हिड्ने बटुवाहरुले पनि ए त यतै छस बिहे गर्दैनसकि क्या हो कहिले फर्कन्छस बाहेक केहि सोध्दैनन सधै अर्काको चियोचर्चो गर्ने मेरो यो गाउँ यो ठाउँ कस्ले बनाइदिएला साच्चै

    दिनेश बुढाथोकी
    सानिभेरी ७ रुकुम (पश्चिम)