दाङ । नियात्राकार डा. राजु अधिकारीको नयाँ पुस्तक राहदानीमाथि शुक्रबार दाङमा परिचर्चा सम्पन्न गरिएको छ । पठन संस्कृति सेलाउदै गएको कारण अध्यानलाई एकरुप्ता दिन सहयोग होस् भनेर गठन गरिएको अध्यान मञ्च दाङ र सर्बाेदय पुस्तकालय तथा वाचनालयको संयुक्त आयोजनामा आयोजित उक्त कार्यक्रम सम्पन्न भएको हो
पठन संस्कृति निर्माणमा अगुवाइ गर्ने उद्देश्यले अध्ययन मञ्च गठन भएको हो । मञ्चको सम्पूर्ण ध्यान दाङमा कला, साहित्य र पठन संस्कृति निर्माणमा रहने छ । त्यसै क्रममा यो कार्यक्रम आयोजना गरिएको हो ।’ मञ्चका संयोजक सूर्य बिसीले मञ्चको उद्देश्यमाथि प्रकाश पार्दै भन्नुभयो ।
पुस्तकमाथि समिक्षा गर्दै समिक्षक दामोदर गिरीले राहदानी पढ्दा आनन्द र रमाइलो लागेको बताउनुभयो ।
‘नियात्रा भएकाले पुस्तकसँगै नयाँ नयाँ ठाउँ पुगेको महसुस हुन्छ । नयाँ नयाँ रोचक घटनाले किताब पढ्दा कत्ति पनि थकाइ महसुस हुदैन । यसो हुनु भनेको किताबको सफलता हो । समग्रमा लेखकको सफलता हो ।’ समिक्षक गिरीले भन्नुभयो । किताबमाथि पाठकीय मन्तव्य राख्दै श्रद्धा धितालले भन्नुभयो, ‘पुस्तकले मलाई पनि विभिन्न देश घुमायो । नयाँ नयाँ जानकारीहरु पाएँ ।
पुस्तक लेखन अनुभव सुनाउँदै नियात्राकार राजु पौडेलेले भन्नुभयो, ‘म खासगरी आख्यान लेख्न रुचाउँछु । तर यसपाली नियात्रा लेखियो । सक्दो प्रयास गरेको छु । पुस्तक पढेर सुझाव दिनुहोला ।’ राहदानी पुस्तक अध्यान गर्न चाहाने पाठकहरुले थुप्रै डट्कमबाट किनेर पढ्न सकिने छ किताब प्रकाशन गर्ने पब्लिकेशनले किताब पब्लिक गर्न त्यहि इच्छुक नभएको गुनासो पनि लेखकले गर्नु भयो त्यसै कारण पनि किताब इ बुक बाट प्रकाशन गरिएको कुरा अबगत बनाउनु भएको थियो
मञ्चका संयोजक सूर्य बिसीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सहजीकरण बिन्दु गिरीले गर्नुभएको थियो ।




