•  २५ फाल्गुन २०८२, सोमबार
  • रुकुम पश्चिमको सानिभेरी गाउँपालिकामा आगामि फाल्गुन एक गते सातौँ राष्ट्रिय मौराखारा गुरिल्ला म्याराथन आयोजना हुने भएको छ। यो म्याराथन जनयुद्ध दिवसको अवसरमा प्रत्येक बर्ष आयोजना गरिदै आएको छ।
    सानिभेरी गाउँपालिकाको आयोजनामा हुन लागेको यो खेलको दुरी पुरुष धावकका लागी करिब ४८ किलोमिटर र महिला तर्फ करिब ३४ किलोमिटर लामो हुनेछ ।
    पुरूष म्याराथनतर्फ प्रथमलाई १ लाख, दोस्रोलाई ७५ हजार, तेस्रोलाई ४५ हजार, चौथोलाई १५ हजार र दसौँ स्थान सम्म आउनेलाई ३ हजार तथा महिला म्याराथन तर्फ प्रथमलाई ६० हजार, दोस्रोलाई ४० हजार, तस्रोलाई २० हजार, चौथोलाई १० हजार र दसौँ स्थान सम्म आउनेलाई ३ हजार रुपैँया पुरस्कार प्रदान गरीनेछ भने सहभागि सबैलाई बिशेष सम्मान पनि गरिने गाउँपालिकाले जनाएको छ।

    संवाददाता : बिनोद खड्का
    रुकुम पश्चिम
    २७,माघ २०८१