रुकुमपश्चिमको खारामा रहेको नेपाली सेनाको ब्यारेक नजिकै बम फेला परेको छ। जिल्लाको त्रिवेणी गाउँपालिकाको वडा नम्वर – ६ बित्तास्थित लालीगुराँस सामुदायिक वन क्षेत्रमा आज बिहान बम फेला परेको हो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार खारा ब्यारेक नजिकैै लालीगुराँस सामुदायिक बनमा बम फेला परेको हो । बम डिस्पोजका लागि चण्डी दल गण सल्लेबाट सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ ।

अहिले बम डिस्पोजको काम चलिरहेको छ सो क्षेत्र मा युद्ध स्थल भएकाले द्वन्द्व कालमा बम छोडिएको हुनसक्ने बताईएको छ ।
संवाददाता : बिनोद खड्का
रुकुम पश्चिम
२७, माघ २०८१




