रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१३, पाखापानीमा एक ६ महिने नाबालकको घरकै चुल्होमा परेर मृत्यु भएको छ।
बिमला सिंहका ६ महिने छोरा बिन्दास पुनमगर आइतबार बिहान घरमा कोही नभएको बेला चुल्होमा परेर जलेका थिए। गम्भीर घाइते अवस्थाका शिशुलाई उपचारका लागि चौरजहारी अस्पताल लगिएको थियो, तर उपचारकै क्रममा उनको मृत्यु भएको छ ।आमा बिमलाका अनुसार उनी भान्साबाहिर रहेको बेला बच्चा चुल्होतर्फ पुगेका थिए। दुर्घटनापछि परिवारले तुरुन्तै अस्पताल पुर्याए पनि चिकित्सकहरूले उनलाई बचाउन सकेनन्।
मृतक नाबालकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले ल्याइँदै गरेको जनाइएको छ।
२७,माघ २०८१




