•  २६ फाल्गुन २०८२, मंगलवार
  • रुकुम पश्चिम, सानीभेरी गाउँपालिका वडा नम्बर १० अर्मा टोलका स्थानीयहरू अहिलेसम्म सडक र बिजुली बत्तीको पहुँचबाट बञ्चित छन्। स्थानीयहरू पटक–पटक वडा तथा पालिका कार्यालय धाइरहे पनि उनीहरूको समस्या समाधान हुन सकेको छैन।

    स्थानीयहरूका अनुसार सडक नपुगेका कारण भूकम्पले भत्काएका संरचनाहरू पुननिर्माण गर्न समस्या भएको छ। सडक सुविधा अभावमा निर्माण सामग्री ढुवानी गर्न कठिनाइ भइरहेको र जसले गर्दा पुननिर्माणको प्रक्रिया ढिलो बनाएको छ। यसैबीच स्थानीयहरूले विकास निर्माणका कार्यहरूमा पक्षपात भएको आरोप लगाएका छन्।

    उनीहरूका अनुसार केही व्यक्तिहरूको घरमा मात्र बिजुलीबत्ती जडान गरिएको छ तर फरक राजनीतिक आस्था भएका जनताको घरमा भने कुनै चासो नदेखाइएको गुनासो छ। यस विषयमा वडा तथा गाउँपालिका कार्यालयसँग पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको स्थानीय प्रकाश खड्काले बताउनुभएको छ। सम्बन्धित निकायले यस विषयलाई गम्भीर रूपमा लिएर समाधान गर्नुपर्नेउनीहरूको माग छ।

    २३, चैत २०८१