भारतको लखनउबाट पोखरा भ्रमणका लागि जाँदै गरेको युपी ३२ एमएन ९५६६ नम्बरको भारतीय गाडी शुक्रबार बिहान गढवा गाउँपालिकाको चिसापानीमा दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । उनिहरु सबै पुरुष हुन् ।
घाइतेमध्ये चोट लागेका चार जनालाई उद्दार गरी अस्पतालतर्फ लगिएको प्रत्यक्षदर्शी पंकज कशौधनले जानकारी दिनुभयो ।घाइतेको उद्धार हुने क्रम जारी रहेको छ । बस दुर्घटनाको कारण खुलेको छैन । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।




