दाङ, गजल अभियान दाङको आयोजनामा २०८२/०१/०६ गते शनिबार चौथो गजल महफिल तथा पुरस्कार सम्मान कार्यक्रम भव्य र सफल रूपमा सम्पन्न भएको छ कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा योगदान पुर्याउनु हुने सबैप्रति आयोजकले आभार प्रकट गरेका छन । यस ऐतिहासिक कार्यक्रममा गजलकार कपिलमणि लामेछानेद्वारा स्थापित स्व। ठाकुरप्रसाद लामिछाने गजल लेखन पुरस्कारबाट राप्ती समाज काठमाडौँका पूर्व अध्यक्ष तथा चर्चित गीतकार गजलकार आदरणीय शशी शर्मा माझगैंयालाई सम्मानित गरिएको थियो।

त्यसैगरी, गजलकार प्रतीक संग्रामीद्वारा स्थापित स्व। पानसरी–मनवीर गजल संगीत पुरस्कारबाट चर्चित गायक तथा संगीतकार यादवनाथ योगीलाई सम्मान प्रदान गरियो। साथै संस्थागत सम्मानको रूपमा नेपाल अवधि संस्कृति प्रतिष्ठान, गडवा दाङका अध्यक्ष राम गोपाल यादवलाई विशेष सम्मान प्रदान गरिएको थियो।


कार्यक्रमका प्रमुख आकर्षणहरूमा चर्चित संगीतकार तथा गायक सन्तोष राजौरे, चर्चित गजलकार तथा गीतकार द्वय सुसिल पुन बिरही र अवि क्षेत्री समर्पण, साथै बर्दियाबाट पाल्नुभएकी गजलकार निर्मला शर्मा रहनुभएको थियो। उहाँहरूको सशक्त प्रस्तुति र उपस्थिति कार्यक्रमको विशेष पहिचानको रूपमा रह्यो। कार्यक्रम व्यवस्थापनमा निरन्तर सक्रिय रहनुभएका गजल अभियान दाङका अध्यक्ष प्रबल विष्ट साथै सम्पूर्ण पदाधिकारी, सल्लाहकार, अभियन्ता र सदस्यहरूको योगदानले कार्यक्रमलाई सफल बनाएको आयोजक टिमले बताएको छ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गजलकार तथा समालोचक टिकाराम उदासी, सभाध्यक्ष गजल अभियान दाङका उपाध्यक्ष आदिम केसी रहनुभएको थियो। कार्यक्रमको संचालन साहित्यकार–गीतकार प्रकाश के।सी। र कपिल लामिछानेले संयोजनात्मक रूपमा गर्नुभएको थियो। बिभिन्न अग्रज अतिथिहरुलाई मायाको चिनो पनि प्रदान गरिएको आयोजकका एक सदस्यले बताउनु भयो कार्यक्रममा महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने अरू धेरै व्यक्तिहरू पनि हुनुहुन्छ, जसको नाम समावेश गर्न नसकिएकोमा आयोजकले क्षमा याचना गर्दै सबैको योगदानलाई उत्तिकै महत्वपूर्ण मानेका छन । गजल र संगीतप्रेमीहरूको उल्लेखनीय सहभागितामा सम्पन्न यो कार्यक्रम गजल अभियान दाङको इतिहासमा एक अविस्मरणीय र प्रेरणादायी अवसरका रूपमा रहन गइसकेको छ।





