
मुसिकोट नगरपालिका–३ स्थित बोहोरागाउँमा विद्युत्को पोलमा चढेर लाइन मर्मत गर्ने क्रममा बिहीबार राति साढे १० बजेतिर रुकुम पूर्व सिस्ने गाउँपालिका–३ का २९ वर्षीय खिमबहादुर खड्काको मृत्यु भएको हो । रुकुम पूर्वमा विद्युत् प्रसारण रोकिएपछि त्यहाँबाट मर्मत गर्न भनेर बोहोरागाउँमा रहेको पोलमा चढेर लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी प्रमेश विष्टले बताउनुभयो ।
रुकुम पूर्वबाट विद्युत् सञ्चालनका लागि भनेर आएको र पोलमा चढेका बेला सोलाबाङको लघुजलविद्युत्बाट आएको करेन्ट लागेको हुन सक्ने अनुमान प्रहरीले अनुमान गरेको छ । खड्काको शव घटनास्थलमै रहेको र आफन्तको रहोबरमा मुचुल्का उठाएपछि पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा लगिने प्रहरीको भनाइ छ ।