•  २ बैशाख २०८३, बुधबार
  • ओसाका, जापान कर्णाली प्रदेश समाज जापान कान्साईको तेस्रो अधिवेशन सम्पन्न भएको छ । “सामाजिक एकता, समृद्धि र सुशासनमा हाम्रो प्रतिबद्धता” भन्ने नारासहित अयोजना गरिएको उक्त कार्यक्रम जापानको ओसाकामा यही आइतबार सम्पन भएको थियो । अधिवेशनबाट कुवरको अध्यक्ष्यतामा २१ सदस्यीय नयाँ कार्य समितिी समेत चयन गरिएको छ ।

    कार्यसमितीको उपाध्यक्षमा अम्मर सेजुवाल, लोकमान पुनमगर, सुरक्षा शाही, सचिवमा प्रकाश रसाइली, सहसचिवमा गणेश सिंह ठकुरी र तारा रावल, कोषाध्यक्ष नित्या खड्का, सहकोषाध्यक्षमा शान्ति ठकुरी, सदस्यहरु कोपिला बम ठकुरी, मुक्ति सुवेदी, सुस्मिता शाही, चन्द्र बुढाक्षेत्री, बेशन भण्डारी, सुजन पुनमगर, अन्जली शाही ठकुरी, चक्रबहादुर विक, सुनिता शाही, सेतु बम, कल्पना र निर्मल बुढाथोकी चयन हुनु भएको छ । त्यसै गरी कार्यसमितिको सल्लाहकारमा दिलिप कँडेल, डाक्टर भरतसिं नेगी, नरेश ओली र रविन्द्र शाही चयन हुनु भएको छ।

    नवनिर्वाचित अध्यक्ष कुवरले सबैले विश्वास गरेर आफूलाई अध्यक्षमा निर्वाचित गरेको भन्दै धन्यवाद दिदैं संस्थाले कर्णाली प्रदेश र जापानमा कर्णाली बासीको लागि पुलको रुपमा काम गर्ने बताउनु भएको छ। उहाले भन्नु भयो समाजमा बोल्नु भन्दा काम गरेर देखाउने र जापानमा रहेका सबै संघसंस्थाहरु संग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता गर्नु भएकाे हाे ।

    अधिवेशनमा संस्थाका क्षेत्रीय उपसंयोजक रविन्द्र शाही, केन्द्रीय अध्यक्ष कृष्ण शाही, एनआरएनए कान्साईका संयोजक हरि प्रसाद कंडेलका साथै विभिन्न सङ्घसंस्थाका प्रतिनिधिलगायत नेपालबाट जापानमा आएका कलाकारहरू विष्णु खत्री, अनिता चलाउने, स्थानिय कलाकार काजल गुरुङ, कर्णालीकै स्थानिय कलाकार प्रकास रसाईली, डान्सर सुस्मिता शाही र कलाकार एवम उद्घोषक कुलविर थापालगायतको उपस्थिति रहेको थियो । कर्णाली प्रदेश समाज सन् २०२० मा जापानमा स्थापना भई हालसम्म जापानको ६ प्रान्तहरुमा क्षेत्रीय समिती विस्तार विस्तार भईसकेकाे छ ।