बिपी रावत
देउखुरी, दाङ । शिक्षा र जानकारीको उज्यालो फैलाउने उद्देश्यले स्थापना गरिएको देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र अहिले गम्भीर संकटमा परेको छ। पछिल्लो समय पुस्तकालय भवनको पछाडिपट्टिको पानीको निकास अवरुद्ध हुँदा भवनको संरचना नै जोखिममा परेको छ।
स्थानीय स्रोत अनुसार योग हलको बाउन्ड्री निर्माण भएको र तत्काल पानीको निकास नदेखिएकोले पुस्तकालयलाई दीर्घकालीन रुपमा असर पारिरहेको छ वर्षा र फोहोर पानी जमेर पुस्तकालयको भुइँतलामा पस्ने र जसले गर्दा दीर्घकालीन रूपमा पुस्तकालयको अस्तित्व संकटमा पर्ने देखिएको छ। समितिका जिम्मेवार व्यक्तिहरूलाई जानकारी गराउँदा फोनसमेत नउठाउने गुनासो स्थानीयको छ।
“हामीले धेरै पटक समिति र सरोकारवाला निकायलाई खबर गर्यौँ तर अहिलेसम्म कुनै प्रतिक्रिया छैन,” पुस्तकालयप्रति गहिरो माया राख्ने एक स्थानीय अभियन्ताले बताए। “हामीलाई अझै पनि पुस्तकालयको माया लाग्छ। यस संस्थाले सयौँ विद्यार्थी र पाठकलाई उज्यालो दिएको छ। यसलाई यसरी वेवास्ता गर्नु दु:खद हो।”
समाजसेवी, पत्रकार मित्र, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय तहका सरोकारवाला निकायहरूलाई आग्रह गरिन्छ यो संकटप्रति ध्यान दिनुहोस्। पुस्तकालयको संरक्षणमा सबैको सहयोग आवश्यक छ।यदि समयमै समाधान नभए यो देउखुरीको शैक्षिक र सामाजिक प्रगतिमा ठूलो धक्का हुन सक्ने उनको भनाई छ ।





