दाङको तुलसीपुर उपमहानगरपालिका कचिलाका २२ वर्षीय किरण खत्री आइतबार बिहान मृत अवस्थामा फेला परेका छन्।
उनको शव बेलुकी तुलसीपुरको सितलपुर घाट नजिकै फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी अनिल कुँवरले जानकारी दिएका छन्।
प्रहरीका अनुसार मृतक खत्री आइतबार बिहान घरबाट नजिकैको एक साथीसँग भेट्न निस्किएका थिए। बिहान भेटेका ती साथी भने भारत गएको भन्ने जानकारी प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धान अनुसार मृतकको शरीरमा कुनै चोटपटक वा घाउ नदेखिएकोले घटनाको कारण खुल्न बाँकी रहेको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।




