•  २९ कार्तिक २०८२, शुक्रबार
  • दाङ, २०८२ कार्तिक २१ लुम्बिनी प्रदेश सरकार अन्तर्गतको उद्योग पर्यटन तथा यातायात मन्त्रालयको मातहतको राप्ती यातायात व्यवस्था कार्यालय, दाङले केही दिनका लागि आंशिक सेवा मात्र सञ्चालन हुने जनाएको छ।

    कार्यालयले आज जारी गरेको सूचना अनुसार २०८२/०५/२३ गतेदेखि सुरु भएको जेन-जी आन्दोलनको प्रभावका कारण विभागको केन्द्रीय सर्भरमा क्षति पुगेको हुँदा कार्यालयका सम्पूर्ण सेवा प्रभावित भएका छन् त्यस कारण अब २०८२ कार्तिक २३ गतेदेखि कार्यालयमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण, भेरिफिकेसन तथा राजस्व सम्बन्धी सेवा मात्र सञ्चालन हुने जनाइएको छ। अन्य सबै सेवाहरू अस्थायी रूपमा स्थगित गरिएका छन् । कार्यालयले सेवाग्राहीहरूलाई आवश्यक जानकारीका लागि यही सूचनालाई आधिकारिक मानेर सहयोग गर्न अनुरोध गरेको छ।

    २०८२/०७/२१