•  ११ पुष २०८२, शुक्रबार
  • रुकुम पश्चिम, डिजिटल पत्रकारितामा निरन्तर सक्रियता जनाउँदै आएका मुलपटि डटकमका सम्पादक राजु लामिछाने लाई आज रुकुम पश्चिम खबर डटकमले विशेष सम्मान प्रदान गरेको छ। सूचना, सञ्चार तथा डिजिटल पत्रकारिताको विकासका लागि लामिछानेले पुर्याउँदै आएको निष्पक्ष, तथ्यपरक र जिम्मेवार योगदान, युवा पत्रकारलाई प्रोत्साहन गर्ने नेतृत्व क्षमता, र समाचार क्षेत्रप्रति देखाइएको समर्पणलाई उच्च सम्मान गर्दै उनीलाई सम्मान–प्रमाणपत्रसँगै सम्मानजनक सामग्री (सामान) समेत हस्तान्तरण गरिएको हो। सम्मानका क्रममा रुकुम पश्चिम खबर डटकमका प्रतिनिधिहरूले लामिछानेले पछिल्लो समय डिजिटल प्लेटफर्म मार्फत तथ्यपरक खबर, समाजको वास्तविकता उजागर गर्ने सामग्री र समुदायमुखी समाचार प्रस्तुत गर्दै स्थानीय पत्रकारितालाई बलियो बनाएको उल्लेख गरे। यस अवसरमा रुकुम पश्चिम खबर डटकमका सञ्चालक नवराज के सी ले भने: “निष्पक्ष पत्रकारिता गर्ने, समाजमा सकारात्मक प्रभाव पार्ने र उत्कृष्ट कार्यमार्फत उदाहरण प्रस्तुत गर्ने व्यक्तिहरूलाई हाम्रो मिडियाले निरन्तर सम्मान गर्दै जानेछ। रुकुम जिल्लामा स्वस्थ, जिम्मेवार र विकासमुखी पत्रकारिता स्थापित गर्न सबैको साथ–सहयोग अत्यन्त आवश्यक छ,” भनेर जानकारी दिनुभयो। सम्मान ग्रहण गर्दै सम्पादक राजु लामिछानेले रुकुम पश्चिम खबर डटकमप्रति आभार व्यक्त गर्दै आफूलाई प्रदान गरिएको सम्मानले अझै जिम्मेवारीपूर्वक पत्रकारिता गर्न प्रेरणा मिलेको बताए। उहाँले अब पनि निष्पक्षता, सत्यता र समाज हितमा आधारित समाचारलाई आफ्नो पहिलो प्राथमिकता बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो। सम्मान–सामग्री र प्रमाणपत्र प्रमुख सम्पादक गोपाल खड्का द्वारा हस्तान्तरण गरिएको थियो ।